काठमाडौं – नेपाल टेलिकमले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६ अर्ब ३४ करोड १४ लाख २० हजार ६९४ रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५.२५% कम हो । गत वर्ष टेलिकमले ७ अर्ब ४८ करोड २८ लाख १४ हजार ५७० रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ जगेडा कोषमा ९९ अर्ब ९९ करोड ९९ लाख ४१ हजार ५६६ रुपैयाँ जम्मा रहेको छ । गत वर्ष जगेडा कोषमा ७५ अर्ब ३४ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २२ अर्ब ३६ करोड ९९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २१ अर्ब ७१ करोड २४ लाख ४२ हजार ६२१ रुपैयाँमा आइपुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८४ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ७०६ रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्