×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ईमाडोलबाट नक्कली नोटसहित १९ वर्षिय एक युवक पक्राउ

PRIME CA
GLOBAL IME BANK

ईमाडोलबाट नक्कली नोटसहित १९ वर्षिय एक युवक पक्राउ

१२ बैशाख २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ईमाडोलबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका १ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित काठमाडौं माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका ७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत बिहीबार राति पक्राउ परेका हुन् ।
नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोटसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: