काठमाडौं – हिमालय उर्जा विकास कम्पनीले १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
कम्पनीले जारी पुजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।