×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा ९५.५२% ले वृद्धि

PRIME CA

विजय लघुवित्तले गर्यो कमालको प्रगति, खुद नाफा ९५.५२% ले वृद्धि

अर्थ सरोकार

२० माघ २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ९५.५२% ले वृद्धि गरी २ करोड ४२ लाख ३९ हजार रुपैयाँ पुर्याएको हो । गत वर्ष यही अवधिमा संस्थाले १ करोड २३ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ५१.५१% र १३८.५४% ले वृद्धि भएको छ । संस्थाले खुद ब्याज आम्दानी ४ करोड ६६ लाख ७ हजार रुर्पैयाँबाट वृद्धि गरी ७ करोड ६ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, संस्थाले सञ्चालन नाफा पनि १ करोड ३५ लाख ८२ हजार रुपैयाँबाट बढाएर ३ करोड २३ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । 
यता संस्थाले यो दोस्रो त्रैमासमा ४२ करोड ३३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरि २ अर्ब २ करोड ५० लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी १९ करोड ४८ लाख १० हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ७३ लाख ६१ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा २.४५% रहेको छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: