×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकका सीईओले बैंकर्स संघका अध्यक्षलाई एभेरेष्ट बैंकको विज्ञापनबारे सोधेपछि… (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंकका सीईओले बैंकर्स संघका अध्यक्षलाई एभेरेष्ट बैंकको विज्ञापनबारे सोधेपछि… (भिडियो)

११ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

 

सिए कन्फेरेन्स २०७५ को कार्यक्रममा एउटा सेसन थियो, ‘सिए इन इन्डष्ट्रि’ । मोडरेट थिए सनराइज बैंकका सीइओ रत्नराज बज्राचार्य । पेनेलिष्ट सदस्यहरुमध्ये एक थिए बैंकर्स संघका अध्यक्ष सिए ज्ञानेन्द्र प्रसाद ढुंगाना । सेसनमा रत्नराज बज्राचार्य र ज्ञानेन्द्र प्रसाद ढुंगानाबीचको संवाद रोचक हुने अपेक्षा पहिला नै थियो । भयो पनि त्यस्तै । सरल भाषामा रत्नराज बज्राचार्यले कडा प्रश्न गर्दा ज्ञानेन्द्र ढुंगानाले पनि सरल भाषामा कुटनीतिक जवाफ दिए ।
सुरुवाती प्रसङ्ग थियो एभेरेष्ट बैंकले केहि समय अगाडी निकालेको एउटा बिज्ञापनको । उक्त बिज्ञापनमा सिएहरुलाई जुनियर एसिष्टेन्ट पदमा मागिएको थियो । संवाद त्यहींबाट सुरु भयो । त्यसपछि बैंकमा सिएहरुले गरेका राम्रा काम, बैंकमा सिएहरुलाई अवसर र चुनौतीबारे पनि थप कुराहरु भए । हेर्नुहोस् यो भिडियो ।      

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: