काठमाडौं – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब २२ करोड ९३ लाख ८६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २५.४५% ले धेरै हो। गत वर्ष यसै अवधिमा बैंकले ९७ करोड ९९ लाख २५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यता बैंकले खुद ब्याज आम्दानी २८.१७% ले बढाएर २ अर्ब ३८ करोड १० लाख ८० हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि २६.२४% ले बढोत्तरी गरेर १ अर्ब ७४ करोड ११ लाख ७४ हजार पुर्याएको छ । बैंकको खुद नाफा वृद्धि हुनुमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले सघाउ पुर्याएको छ।
बैंकले यस त्रैमासमा १ खर्ब १३ अर्ब १७ करोड ५९ लाख ५३ हजार निक्षेप संकलन गरेर १ खर्ब २ अर्ब ४० करोड ८४ लाख ५५ हजार कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ४८ करोड ८५ लाख ३९ हजार रुपैयाँ जम्मा भएको छ ।
बैंकको खराब कर्जा ०.७५% छ भने प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्