काठमाडौं – माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ७८ करोड १३ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ६०.५९% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा ४८ करोड ६५ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
बैंकले खुद ब्याज आम्दानीमा ५३.८८% ले बढोत्तरी गरेर १ अर्ब ६९ करोड ६५ लाख ९९ हजा रुपैयाँ कमाएको छ भने सञ्चालन नाफा १ अर्ब १५ करोड २४ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ ।
यता, बैंकको निक्षप संकलन ८५ अर्ब १७ करोड ६२ लाख ४७ हजार रुपैयाँ गरेर ७४ अर्ब ६५ करोड ३५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब २७ करोड २४ लाख ६५ हजार रुपैयाँ रहेको छ।
यसको खराब कर्जा ०.४४% रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्