
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खाने तेलको मूल्य फेरि बढेको छ । बजारमा खाने तेलको मूल्य अधिकतम २५ रुपैयाँले बढेको पाइएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा खाने तेलको मूल्य न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँले बढेको हो ।
संघका अनुसार तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ भने सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने सोयाबिन (भट्मास) को तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएको छ । बढोत्तरीपछिको मूल्य तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँ, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र सोयाबिन (भटमास) को तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँ कायम भएको छ ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँ थियो पछिल्लो समय नेपाली बजारमा अधिकांश वस्तुको मूल्य बढेको छ । बजारमा मासु, तरकारी, फलफुल, गेडागुडीलगायतका वस्तुको मूल्य ह्वात्तै बढेको छ । व्यवसायीहरुले मनपरी मूल्य लिँदा सम्बन्धित निकाय भने मौन अवस्थामा बसेका छन् । जसले गर्दा आम उपभोक्ता भनी महँगीको मारमा परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्