Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकको सीएसआर, कालिकोेट पलाँताका अग्नि पिडितलाई राहत वितरण

अर्थ सरोकार

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले कालिकोेट जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नि पीडितलाई राहत वितरण गरेको छ । बैंकले पुस ८ गते रातीे भएको आगलागीबाट पिडित ८७ घरपरिवारलाई ८७ थान ब्लाङकेट र बाकस तथा विद्यार्थीलाई १४० थान ज्याकेट, ट्रयाक–सुट, जुत्ता र मोजा वितरण गरेको हो ।
आगलागीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्धेश्यले बैंकले उक्त विभिन्न सामाग्रीहरु वितरण गरेकोे हो । राहत सामाग्रीहरुको वितरण कालिकोटको गणेश आधारभुत विद्यालयको प्राङणमा गरिएको हो । 
ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ । 
हाल बैंकले १३३ शाखा, १४१ एटिएम,७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११६ शाखा रहित बैंकिङ सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहलाई बैंकिङ सेवा दिँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK