- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वैशाख १६ गतेबाट एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको ३ वटा कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले १ लाख २५ हजार ६०९ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गर्ने भएको हो ।
ग्रामीण विकास लघुवित्तको २५ हजार २०० कित्ता, आरएमडीसी लघुवित्तको ५ हजार ७७० कित्ता र युनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता सेयर बिक्री गरिने बैंकले जनाएको छ । जसमा ग्रामीणको न्यूनतम मूल्य ४०० रुपैयाँ, आरएमडीसीको न्यूनतम मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ र युनाइटेडको ३२१ रुपैयाँ तोकिएको छ ।
यसमा जेठ ५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ भने प्रभु क्यापिटल कमलादी काठमाडौं र एक्सेल डेभ्लपमेन्ट बैंकको केन्द्रीय कार्यालय विर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ ।