×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स र नेपाल कम्युनिटीको बोनसमा मूल्य समायोजन, हेर्नुहोस् कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स र नेपाल कम्युनिटीको बोनसमा मूल्य समायोजन, हेर्नुहोस् कतिमा खुल्यो सेयर कारोबार ?

१७ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलको ३.६% र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १% बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिटिजन्स बैंकको ३.६% बोनसपछि समायोजित सेयर भाउ प्रतिकित्ता २१० रुपैयाँ ४२ पैसा कायम भएको छ । 
यस बैंकको औसत आधार मूल्य भने ३०२ रुपैयाँ २१ पैसा छ । सिटिजन्स बैंकले पुस ३० गते हुने वार्षिक साधारण सभामा ३.६% बोनस सेयर र १.६३% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि बैंकले मंगलबारदेखि बुक क्लोज गरेको हो ।
यता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको पनि १% बोनसपछि समायोजित सेयर मूल्य १२० रुपैयाँ ७९ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने १७४ रुपैयाँ ४० पैसा छ । नेपाल कम्युनिटीले पुस ३० मा एजीएम गर्न मंगलबारदेखि बुक क्लोज गरेको हो । उक्त सभामा १% बोनसका साथमा ६.४२% नगद लाभांश दिने प्रस्ताबपनि पेश हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी