×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ

१७ पुष २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – २ नं प्रदेश प्रहरी कार्यालयले विशेष सुचनाको आधारमा अत्याधुनिक हतियार एसएमजीसहित १ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी माई नगरपालिका वडा नं ११ बस्ने वर्ष ४६ का चतुर नारायण चौधरी रहेका छन् । केहि समय आगाडीसम्म तराईको भूमिगत समूह गोहित समूहसंग आवद्ध रहेको चौधरी पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समुहमा रहेर चन्दा, आतंक र लुटपाट मच्चाउदै आएका थिए। 
२ नं प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरिक्षक हरि बहादुर पालका अनुसार उनको साथबाट २ वटा म्यागजिन र ५ राउण्ड गोलि समेत बरामद भएको छ।  यसअघि चौधरी माथि सिराहाको गोलबजारमा प्रेसरकुकर बम राखेको समेत आरोप थियो। यस बिषयमा जिल्ला प्रहरी कार्यालय सिराहाले केहि बेरमा पत्रकार सम्मेलन गर्ने जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी