×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले?

PRIME CA

यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसको साधारणसभा कहिले?

अर्थ सरोकार

१६ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं : मंगलबार यी ३ कम्पनीको बुक क्लोज हुने भएको छ । बुक क्लोज हुने कम्पनीमा समिट लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स र हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेको छ । मंगलबार यी कम्पनीको बुक क्लोज हुने भएकोले यस कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी सबै कम्पनीहरुले वार्षिक साधारण सभा गर्नका लागि मंगलबारदेखि बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् । 
समिटले पुस २७ मा गते हुने वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट २३.५३% बोनस सेयर र १.२४% नगद वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसका लागि मंगलबार (पुस १७ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज हुने भएकाले सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित पाउनेछन् । 
यता, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको ८% नगद सुरक्षित गर्ने पनि सोमबार अन्तिम दिन हो । माघ ५ मा हुने वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले मंगलबार बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने नगद सुरक्षित गर्न सक्नेछन् । 
हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले पनि पुस ३० मा हुने वार्षिक साधारण सभा १०% बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । यसका लागि कम्पनीले मंगलबार बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीले मात्र बोनस पाउँनेछन् । कम्पनीले बोनसमा १ अर्ब रुपैयाँ खर्च गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: