×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आगलागी, १० लाख बराबरको क्षति

PRIME CA
GLOBAL IME BANK

गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आगलागी, १० लाख बराबरको क्षति

९ बैशाख २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

इलाम । सूर्योदय नगरपालिका-९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।
कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: