×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एकाविहानै हल्लियो नेपाल, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एकाविहानै हल्लियो नेपाल, सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प !

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो परकम्पको धक्का उपत्यकामा पनि महशुस गरिएको थियो । केन्द्रका अनुसार यो २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प हो । ठूला भूकम्प गइसकेपछि लामो समयसम्म यस्ता परकम्प आइरहने केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो ।

यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी