काठमाडौं – बैंक अफ काठमान्डूले २५% लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १४% बोनस सेयर र ११% नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ मात्र छ । बोनसपछि पुँजी ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ पुग्नेछ ।