काठमाडौं – ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि.ले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ८१.६८% ले बढेर १ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यहि अवधिको खुद नाफा ९१ लाख रुपैयाँ मात्र कमाएको थियो ।
ओरिएण्टल इन्स्योरेन्सले जगेडाकोषमा १ करोड २१ लाख रुपैयाँ नेगेटिभमा र जीवन बीमाकोषमा ५१ करोड ४ लाख रुपैयाँ राखेको छ । आम्दानीमा १२५ प्रतिशतले बढेर २ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने खर्च २३३ दशमलव ३३ प्रतिशतले बढेर १ करोड ६ लाख पुगेको छ । कम्पनीको खुद बीमा शुल्क २३ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ११ करोड २३ लाख रुपैयाँ गरेको छ ।
यहि अवधिमा कम्पनिले २९ करोड ८० लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ११ करोड ५० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जसको बीमालेख संख्या ५ हजार २ सय ५६ वटा र दाबी भुक्तानी संख्या ३ सय ४१ वटा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्