×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

द भ्वाइस् अफ नेपालको फिनाले कतारमा हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

द भ्वाइस् अफ नेपालको फिनाले कतारमा हुँदै

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दोहा कतार – द भ्वाइस् अफ नेपालको फिनाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । डिसेन्बर १४ तारिकमा दोहा स्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजक प्रविन गुरुङले बताए । कार्यक्रममा नेपालबाट आउने कलाकार लगायत सम्पुर्ण अतिथीहरुको बासस्थानदेखि कार्यक्रम अवधीसम्मको सम्पुर्ण ब्यवस्था पुरा भएको समेत गुरुङले जानकारी दिए । 
त्यसैगरी कार्यक्रम स्थलको सुरक्षा देखि टिकट काउण्टर सम्मको ब्यावस्थापन सकिएको उनले बताए । आयोजक गुरुङका अनुसार कार्यक्रम हुने दिनमा १ सय ६० जना कतारी प्रहरी खटिने छन् । त्यसैगरी कार्यक्रमलाई ब्यावस्थीत गर्न कार्यक्रम हुने भन्दा एक सय मिटर आसपासमा पनि सुरक्षा ब्यवस्था मिलाइएको छ । त्यस्तैगरी कार्यक्रमै सुरक्षाका लागी ३ सय सुरक्षागार्ड हुनेछन् । 
फिनालेकै दिनमा टिकट काटेर कार्यक्रम स्थलमा जानेहरु धेरै हुनसक्ने भन्दै सो दिन कार्यक्रम स्थल क्षेत्रमा १ दर्जन टिकट काउण्टरको ब्यवस्था गरिने बताइएको छ । त्यस्तैगरी कार्यक्रममा आउने भीभीआईपीहरुका लागि पार्किङको ब्यवस्था गरिएको बताइएको छ । त्यसको लागि पनि तयारी हुदै गरेको आयोजकले जनाएका छन् । त्यसैगरी कार्यक्रममा आउनेहरुलाई नेपाली खानेकुराको परिकार सहित ठाँउ ठाँउमा फुट स्टल समेत राखिने बताइएको छ । ७९ देशका एनआरएन प्रतिनीधी आउँदै । 
त्यसैगरी कार्यक्रममा नेपालबाट धुर्मुस सुन्तली पनि आउने छन् । द भ्याइस्को फिनाले कार्यक्रममा ७९ देशका एनआरएन प्रतिनीधी आउने आयोजकले बताएका छन् । ७९ देशका एनआरएनए प्रतिनीधीलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजक गुरुङले जानकारी दिए । 
‘हामीले बिगतको कार्यक्रमबाट पाठ सिकेका छौ, के गर्दा राम्रो हुन्छ भन्नेबारेमा सम्पुण जानकारी छ, त्यही अनुसार कार्यक्रमको तयारी गरेका छौ, आयोजक गुरुङले भने, । बिगतका कमीकमजोरीलाई केलाएर कार्यक्रमको सम्पुर्ण तयारी गरिएको भन्दै यस पटकको कार्यक्रम भब्य हुने आयोजकले बताएका छन् । कार्यक्रममा मुख्य कुरा सुरक्षाको हो, हामीले पहिला भन्दा यो पटक सुरक्षामा दोब्बर खटाउने छौं, अनि कार्यक्रम हुने हल बाहिर पनि सुरक्षा गार्ड परिचालन गर्ने छौं गुरुङले भने । 
कार्यक्रम हुने हलमै गोरखाली रेष्टुरेण्टले नेपाली परिकार पाउने गरी स्टल राखेको छ, भने बाँकीले राख्ने तयारी गरेको आयोजकले बताएका छन् । कार्यक्रममा आउनेहरुलाई सहजता होस भन्दै हामीले कार्यक्रम स्थलमै नेपाली परिकार पाउने गरी फुड स्टल समेत ब्यवस्था गरेका छौ, उनले थपे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी