Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्तरदायित्वमा नेपाल बैकको सहभागिता, नील बाराही उच्च माध्यमिक विद्यालयलाई ३ लाख सहयोग

अर्थ सरोकार

काठमाडौं – नेपाल बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौ कालीमाटीस्थित नील वाराही उच्च माध्यमिक विद्यालयलाई तीन लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । 
उक्त रकमको चेक बैकका नायव कार्यकारी अधिकृत राजुनाथ खनालले विद्यालयका प्राचार्य डा जानुका नेपाललाई विद्यालयमा आयोजित एक समारोहका बीच हस्तान्तर गरे । विद्यालयमा करिव २४० को हाराहारीमा रहेका असहाय अनाथ विद्यार्थीलाई किताव कापी कलम, झोला लगायतका पठन सामाग्री उपलव्ध गराउनका लागि उक्त सहयोग प्रदान गरिएको हो । 
उक्त समारोहमा बैकका नायव कार्यकारी अधिकृत खनालले नेपाल बैक लिमिटेड, बैकिङ आदत लगायतका विषयमा जानकारी सहित यस विद्यालयका अनाथ असहाय विद्यार्थीलाई सहयोग गर्न पाएकोमा गौरवान्वित भई आगामी दिनमा समेत यस्तो सहयोग विस्तार गरिने प्रतिवध्दता प्रकट गरे । 
सो अवसरमा नीलवाराही उच्च माध्यमिक विद्यालयका प्राचार्य डा.नेपालले नेपालको शिक्षा निजी र सामुदायिक विद्यालय गरी २ खालको शिक्षा रहेको र सामुदायिक विद्यालयमा अध्ययनरत असहाय, अनाथ विद्यार्थीलाई सहयोग जुटाउन अप्ठेरो परिरहेको परिस्थितिमा नेपाल बैकले उक्त सहयोग जुटाएकोमा हार्दिक आभार प्रकट गर्दै उक्त सहयोगको पूर्ण सदुपयोग गर्ने कुरा बताइन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK