×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युत परियोजनाले सेयर रजिष्ट्रारमा कसलाई नियुक्त गर्यो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रु रु जलविद्युत परियोजनाले सेयर रजिष्ट्रारमा कसलाई नियुक्त गर्यो ?

Artha Sarokar

७ बैशाख २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । हालै मात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । मिति बैशाख ५ गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाईएको छ । 
रु रु जलविद्युत परियोजनाका तर्फबाट कम्पनीका अध्यक्ष शिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फ बाट नायव प्रमुख कार्यकारी अधिकृत, मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रम एक समारोहकाबीच रु रु जलविद्युत परियोजनाको केन्द्रिय कार्यालय हत्तिसार काठमाण्डौंमा सम्पन्न भएको छ ।
रु रु जलविद्युत परियोजना लिमिटेड, कम्पनी ऐन, २०६३ अन्र्तगत दर्ता भएको कम्पनी हो । यस परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ । रु रु जलविद्युत परियोजना लिमिटेडसहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्रार रहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी