Skip to content
LAXMI SUNRISE BANK

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ‘कन्तबिजोग’ : पूँजीवृद्धि त परको कुरा, वृद्धिको योजनासमेत अझै अन्योलमा !

अर्थ सरोकार

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – बीमा समितलले मिति २०७३/१२/१७ गते नै आर्थिक बर्ष २०७४-७५ को अषाढ मसान्तभित्र जीवन  बीमा कम्पनीको चुक्ता पूँजी २ अर्व र निर्जीवन कम्पनीको चुक्ता पूँजी १  अर्व पुर्याउने निर्णय गरेको थियो । तोकिएको उक्त समयसीमाभित्र सम्पूर्ण बीमा कम्पनीहरुले पूँजी पुर्याउन नसक्ने देखिएपछि पूँजीवृद्धिको लागि बीमा समितिले ६ महिनाको समय थप गरिदिएको थियो । यसअघि विभिन्न सार्वजनिक कार्यक्रममासमेत बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले ६ महिनापछि पनि चुक्ता पूँजी बढाउन नसक्नेलाई मर्जरमा लैजाने अभिव्यक्ति दिएका थिए । उनले अन्य फोरममा पनि यस्तै तयारी भइरहेको तथ्य सार्वजनिक गरेका थिए ।
अहिले नयाँ ९ तथा पुराना ९ गरी जम्मा १८ वटा कम्पनीले जीवन वीमा क्षेत्रमा काम गरिरेहका छन् । तीमध्ये नयाँ कम्पनिहरुको आइपीओ जारी गरेपश्चात २ चुक्ता पूँजी पुग्नेछ भने पूराना जीवन वीमा कम्पनीको पूँजीको अवस्था तल प्रस्तुत गरिएको छ । 
क्र.स
कम्पनी 
हाल
कायमपूंजी
थप
गर्नु पर्ने पूँजी
 %
नेपाल
लाइफ इन्स्योरेन्स
4,396,928,600.00
छैन
 
नेसनल
लाइफ इन्स्योरेन्स
2,649,727,300.00
छैन
 
प्राइम लाइफ इन्स्योरेन्स
1,784,835,000.00
215,165,000.00
        12.06
लाइफ इन्स्योरेन्स
कर्पोरेसन (नेपाल)
1,334,677,500.00
665,322,500.00
        49.85
एसियन लाइफ इन्स्योरेन्स
1,256,725,500.00
743,274,500.00
        59.14
सूर्या लाइफ इन्स्योरेन्स
1,131,900,000.00
868,100,000.00
        76.69
गुराँस लाइफ इन्स्योरेन्स
594,000,000.00
1,406,000,000.00
     236.70

(नोट :मेटलाइफ र राष्ट्रिय वीमा सस्थानको विवरण संलग्न गरिएको छैन )

नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अहिले नै पूँजी पुर्याईसकेका छन् भने प्राइम लाइफ इन्स्योरेन्सको आर्थिक बर्ष २०७५-७६ को बोनसबाट पूँजी सहजै पुग्ने देखिन्छ । एसियन लाइफ इन्स्योरेन्सले ६०% हकप्रदको प्रक्रिया अगाडी बढाइसकेको छ भने सुर्य लाइफको पनि ७० % हकप्रद पनि अन्तिम चरणमा छ । इफइन्स्योरेन्स कर्पोरेसन (नेपाल) को २०७३-७४को ३६ % बोनस वीमा समितिको निर्देशनमा १२ % मा संसोधन गरेसँगै बोनसबाटै पूँजी पुर्याउन केहि कठिन हुने देखिन्छ ।

समकालीन कम्पनीवीमा समितिले दिएको अवधिमा २ अर्व पूँजी पुर्याउने योजना अनुरुप अघि बढी रहँदा गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले के गर्दैछ त ?

-२०७४ भाद्रमै ५०% हकप्रद जारीको लागि धितोपत्र बोर्ड पुगेको गुराँस लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको त्यो हकप्रद कता हरायो केहि अत्तो-पत्तो नै छैन ।  

– समकालीन सम्पूर्ण कम्पनीहरुको २०७३-७४ को बार्षिक साधारण सभा भइसकेको अवस्थामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७३-७४ को बार्षिक साधारण सभाको केहि अत्तो-पत्तो छैन । 

-यति मात्र होइन आर्थिक बर्ष २०७३-७४को आर्थिक विवरण पनि तयार नभएको जानकारी अर्थ सरोकारलाई विशेष स्रोतबाट प्राप्त भएको छ । 
माथिका तथ्यलाई मध्यनजर गर्दा २०७५ पौष मसान्तसम्म पूँजी पुर्याउने त कुरै छोडौं, पुर्याउने योजनासमेत नआउने देखिन्छ । बीमा समिति आफ्नो अगाडीको पूँजीवृद्धि धारणा अरुरूप अगाडी बढ्ने भए गुराँस लाइफ इन्स्योरेन्स कम्पनी फोर्स मर्जरको बाटोनै कुरेर बसेको जस्तो देखिन्छ । यसरी कुनै योजना नै नबनाई बस्दा यस कम्पनीप्रति बिश्वास गर्ने सम्पूर्ण लगानीकर्ताहरु फस्ने देखिन्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK