- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कुमारी बैंकले १२.७५% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४को हाल कायम चुक्ता पुँजीको १२.७५% बोनस सेयर दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रुपैयाँ रहेको छ । उक्त बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार ४६ रुपैयाँ पुग्नेछ ।
यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ । बैंकले तत्कालीन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्