काठमाडौं – माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट भएको छ । यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ३ लाख ३४ हजार ७५ जना आवेदक सबैलाई न्यूनतम ४० कित्ता सेयर बाँडफाँट गरिएको छ भने बाँकी रहेको १७ लाख २७ हजार ७५० कित्ता सेयर फेरि गोलाप्रथाबाट बाँडाफाँट गरिएको छ । रितपूर्वक दिएका मध्ये १ लाख ७२ हजार ७७५ जनालाई ग्रोलाप्रथाबाट १० कित्ता थप गरिएको छ ।
यसरी १ लाख ६१ हजार ३०० जना आवेदकले ४० कित्ताका दरले र १ लाख ७२ हजार ७७५ जनाले ५० कित्ताको दरले सेयर पाएका छन् । यो आइपीओमा ५ हजार ७०० जनाको आवेदन रद्द भएको छ । कुल १२ लाख ९८ हजार ९५० कित्ताका लागि परेको आवेदन रद्द भएको हो ।
माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्