
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । थुप्रैलाई घर न घाटको बनाउने र केहिलाई आत्महत्या गर्नसमेत बाध्य पारेको कमोडीटी बजार अर्थातबस्तु बजार सञ्चालन “कमोडिटि एक्सचेन्ज’ को लागि नयाँ लाइसेन्स खुल्ने भएको छ । धितोपत्र बोर्डले निश्चित मापदण्डसहित नयाँ लाइसेन्स खोल्ने अन्तिम तयारी गरेको हो ।
यस अघि बोर्डले दुई पटक कमोडिटि एक्सचेन्ज सञ्चालनको लागि भन्दै आवेदन खोले पनि दुई पटक परेका आवेदनमा बोर्डले कुनै निर्णय गरेको थिएन। यद्यपी यसपटक बोर्डले सञ्चालनमा आउन चाहेका कम्पनीको मापदण्ड सहित नै आवेदन खुलाउने तयारी गरिरहेको छ। यस अघि सञ्चालनमा आउने कम्पनीको मापदण्ड तोकिएको थिएन।
यस अघिको बोर्ड बैठकले कुनै पनि कम्पनीलाई लाइसेन्स दिनु भन्दा अघि त्यसको आवश्यकता,औचित्य र कम्पनीको मापदण्ड सहित अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशन बमोजिम अध्ययन प्रतिवेदन तयार भएकोले अब लाइसेन्स प्रक्रिया अघि बढेको बताइएको छ । केहि समय अघि बिनय लामिछानेले यहि बजारमा डुबेर आफ्ना अवोध छोरा र श्रीमतीलाई खोलामा हेलाएको खबर बाहिरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्