×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको १२औं बार्षिकोत्सवको अवसरमा विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

PRIME CA

गरिमा विकास बैंकको १२औं बार्षिकोत्सवको अवसरमा विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न

७ मंसिर २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ –  गरिमा विकास बैंक लिमिटेडले आफ्नो १२औं बार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ७ गते शुक्रबार काठमाडौँको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयका साथै शाखा कार्यालयहरु महेन्द्रपुल पोखरा, द्रपुल पोखरा, बुटवल रुपन्देही, बेनी म्याग्दी, नारायणगढ चितवन, बिराटनगर मोरङ, ईटहरी सुनसरी र घोराही दाङमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त आठ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ४३० युनिट रगत संकलन भएको छ । वार्षिकोत्सवकै अवसर पारेर बैंकले स्याङ्जाको वालिङ शाखा कार्यालयमा सरसफाई पनि गरेको छ ।
शुक्रबार नै गरिमा विकास बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत वूद्घचोक शाखा कार्यालयमा नयाँ शाखा विस्तार पनि गरेको छ । नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक पोमनाथ गौतमले उक्त शाखाको उद्घाटन गरेका हुन् । 
गरिमा विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ । गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन् ।
विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । २०७५ मंसीर ७ गतेसम्म विकास बैंकले रु.२४ अर्ब ५० करोड निक्षेप संकलन गरी २२ अर्ब कर्जा लगानी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: