- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सानिमा बैंकले १४% नगद लाभांशको प्रस्ताव पेस गर्न मंसिर २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट १४% नगद लाभांश दिन लागेको हो । साधारण सभाका लागि बैंकले मंसिर १४ गते बुक क्लोज गर्ने जानकारी प्रदान गरेको छ । यस अनुसार मङ्सिर १३ गते सम्म कायम सेयर धनीले मात्र नगद लाभांश पौने छन् ।
बैंकले १ अर्ब १२ करोड १ लाख ७५ हजार ७६२ रुपैयाँ नगद लाभांशका लागि खर्च गर्नेछ । हाल यसको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ । सानिमाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ८८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्