×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका लघुवित्त वित्तीय संस्थाको नाफामा छलाङ, अधिकांश सूचकहरुमा आकर्षक प्रगति

PRIME CA
GLOBAL IME BANK

कालिका लघुवित्त वित्तीय संस्थाको नाफामा छलाङ, अधिकांश सूचकहरुमा आकर्षक प्रगति

६ बैशाख २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६ करोड ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सो नाफा कमाएको हो  । गत वर्षको यसै अवधिमा कम्पनीले ४१ लाख ५ हजार रुपैयाँ मात्र कमाएको थियो ।
कम्पनीका अनुसार खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खुद ब्याज आम्दानी बढेर २० करोड ९१ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा ७२ लाख ८३ हजार रुपैयाँ कायम भएको छ । चैत मसान्तसम्म कम्पनीको निक्षेप संकलन र कर्जा लगानीमा पनि सुधार भएको छ । 
निक्षेप १ अर्ब ५ करोड रुपैयाँबाट बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि २ अर्ब ४२ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: