Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्ने भएको हो । २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको छ । जुन आगामी साउन ५ गते परिपक्व हुनेछ । 
यस्तै पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि बिक्री गरिने छ । सो बिल आगामी कात्तिक २ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK