×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाठ्यक्रम विकास केन्द्रका नायब सुब्बा दाहाल २५ हजार घुससहित पक्राउ

PRIME CA

पाठ्यक्रम विकास केन्द्रका नायब सुब्बा दाहाल २५ हजार घुससहित पक्राउ

१९ कार्तिक २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

भक्तपुर – भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका नायब सुब्बा गुणराज दाहाल घुससहित पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका वडा नं ५ गहना पोखरीस्थित भान्जा क्याफे अगाडिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई २५ हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो ।
कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई सांकेतीकरण र दृश्य सामाग्री (डि.भि.डी.) तयार गर्न पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय बहिरा महासंघ नेपालसँग सम्झौता गरेको थियो ।
उक्त काम पूरा गरी महासंघले बिल भुक्तानी माग गर्दा जम्मा भएको रकमको २५ प्रतिशत आन्तरिक लेखा परीक्षणका लागि आवश्यक पर्ने भनी बाहाना बनाई लेखापाल दाहालले घुस लिएको अख्तियारले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: