- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारीको माग गरेको छ । बोर्डले नासू वा पाँचौ तह सरहका लागि ४४ जना कर्मचारी माग गरेको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरिएको पनि जनाएको छ । बोर्डका अनुसार २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् भने इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।