×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुन्डा नाइके समिरमान बस्नेतकी पत्नी काठमाडौंबाट पक्राउ

PRIME CA

गुन्डा नाइके समिरमान बस्नेतकी पत्नी काठमाडौंबाट पक्राउ

१८ कार्तिक २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – निर्माण व्यावसायी महासंघका तत्कालिन अध्यक्ष शरद गौचनको हत्यामा आरोपमा जेलमा रहेका गुन्डा नाइके समिरमान बस्नेतकी पत्नी माया शेरचन पक्राउ परेकी छिन । उनलाई स्वयम्भुको ठूलो भर्याङ क्षेत्रबाट आइतबार महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।
बस्नेतलाई बन्दी प्रत्यक्षीकरणको रिट दायर गरी सर्वोच्च अदालतमा उपस्थित गराउनका लागि बस्नेतपत्नी माया शेरचन सक्रिय थिइन् । उनले पतिलाई इन्काउन्टर गर्नका लागि जेल स्थानान्तरण गरेको समेत बताएकी थिइन् । काठमाडौं जिल्ला अदालतले पुरक अभियोगपत्र पेश गर्नका लागि प्रहरीलाई अनुमति दिएको छ ।
गत महिना बस्नेतलाई नख्खु कारागारबाट गृह मन्त्रालयले मनाङ जेलमा स्थानान्तरण गरेको थियो । मायाले जेल स्थानान्तरण गर्नुको कारण पतिको इन्काउन्टर तयारी भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश दिपकराज जोशीको एकल इजलासले तीन दिन भित्र बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश समेत दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: