
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – छातीमा इन्फेक्सन भएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गत सोमबार विहान देखी उपचार गराइरहेका प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओलीको उपचारको खर्च मात्र ३६ हजार लागेको छ । उक्त खर्च भने सरकारले नै व्यहोर्ने भएको छ । गत सोमबार विहान चार बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य सामान्य अवस्थामा पुगेपछि बालुवाटार फर्किएका थिए ।
सोमबार बिहान देखि अस्पतालको सीसीयुमा भर्ना भएर उपचार गराइरहेका प्रधानमन्त्रीको उपचार औषधिसहितको खर्च शुक्रबार बिहान सम्मको ३६ हजार पुगेको हो । हाल प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोको सीसीयुको बेडचार्ज एक दिनको ३ हजार २ सय रहेको छ । सोमबारदेखि शुक्रबारसम्म बेड चार्ज मात्रै १३ हजारको बिल पुगेको छ । त्यस्तै औषधिको ११ हजार बिल छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार ओलीलाई एन्टीबायोटिक्सहरु मुखबाट नखुवाएर इन्जेक्सन मार्फत दिइएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्