
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने १३ करोड रुपैयाँ बक्यौता नतिरी मलेसियाको निजी अन्तराष्ट्रिय वायुसेवा कम्पनी एअर एसिया एक्सले नेपाल छाडेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले एक महिनाअघि एयर एसियालाई कूल बक्यौताको १० करोड रुपैयाँ चुक्ता नगरे नेपाल आउने एअर एसियाको जहाज काठमाडौंमै ‘ग्राउन्डेड’ गर्ने चेतावनी दिएको थियो । चेतावनीपछि एअर एसियाले ७ करोड १४ लाख रुपैयाँ तिरे पनि बाँकी १३ करोड भने नतिरी गत असोज २७ बाट नेपाल उडान बन्द गरेको छ । तर यतिधेरै रकम नदिइ कम्पनी टाप कस्दा पनि त्रिभुवन विमानस्थल भने मुकदर्शक बनेको छ । ३ सयभन्दा बढी सिट क्षमता भएको ‘ए ३३०’ सिरिजको ‘वाइड बडी’ जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसिया एक्सले घाटा भएको भन्दै उडान बन्द गरेको हो ।
त्रिभुवन विमानस्थल प्रवक्ता प्रतापबाबु तिवारीले दिएको जानकारी अनुसार काठमाडौंस्थित मलेसियाली दूतावासले बक्यौता रकम उठाउन सघाउने बताएपछि विमानलाई फिर्ता जान दिईएको थियो । तर यसरी उधारो बोलीकै भरमा कम्पनीलाइ जान किन दिइयो भन्ने प्रश्न उठेको छ । उनका अनुसार दुतावासले सहयोगको आश्वासनसहितको पत्र नै पठाएपछि एअर एसियाको विमानलाई फिर्ता जान दिईएको छ । एअर एसियाले यात्रुसँग उठाएको सेवा शुल्क, विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र पार्किङ शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्क लगायतको शुल्क २ वर्षदेखि तिरेको थिएन ।
यता विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पनि दूतावासले बक्यौता रकम उठाउन सघाउने बताएको जानकारी दिएका छन् । बक्यौता रकम नतिरेपछि विमानस्थलले एक छानविन समिति नै बनाएको थियो । समितिको निर्देशनपछि विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरीसबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो भने त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसियाको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्सलाई पनि पत्र पठाएको थियो । तर पैसा नै नतिरी कम्पनी टाप कस्दा पनि विमानस्थलसँग उधारो आश्वासन बाहेक केहि छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्