×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्री बिना मगरलाई आफ्नै जिल्ला कञ्चनपुरमा लाग्यो यस्तो झट्का, अब के हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मन्त्री बिना मगरलाई आफ्नै जिल्ला कञ्चनपुरमा लाग्यो यस्तो झट्का, अब के हुन्छ ?

Artha Sarokar

९ कार्तिक २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महेन्द्रनगर – खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताहरूले कालो झण्डा देखाएर विरोध गरेका छन् ।
गृहजिल्ला कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले बिना मगरलाई कालो झण्डा देखाएर विरोध गरेका हुन् । पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउने क्रममा मन्त्री मगरलाई बिहीबार कालो झण्डा देखाएर बिरोध प्रदर्शन गरेका थिए ।
मन्त्री मगरको सुरक्षाका लागि बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । तैपनि कांग्रेसका कार्यकर्ताहरूले मन्त्री मगरलाई कालो झण्डा देखाए विरोध गरेका थिए ।
कांग्रेसका कार्यकर्ताले सुरक्षाकर्मीहरूलाई छलेर बाटैभरि विभिन्न स्थानमा कालो झण्डा देखाएरमन्त्री मगरविरुद्ध नाराबाजी गरेका थिए ।
कैलाली–कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीस्थित सीमा नाकाको स्तरोन्नति गर्नुको साँटो कैलालीको खक्रौलामा नेपाल–भारत नाका बनाएको भन्दै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरूले बिरोध स्वरुप कालो झण्डा देखाएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी