Skip to content
LAXMI SUNRISE BANK

बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैंकका सीइओ कमल ज्ञवाली पक्राउ, अव ३ बर्षका लागि जानेछन् जेल !

अर्थ सरोकार

काठमाडौँ- बैकिङ कसुरमा फरार तत्कालीन किष्ट बैकका सिइओ कमल ज्ञवाली पक्राउ परेका छन् ।  करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार थिए ।उनलाई भारतबाट पक्राउ गरिएको हो । भारतमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । 
अदालतले फैसला सुनाए पनि फरार रहँदै आएका ज्ञवाली २ वर्षपछि भने प्रहरीको फन्दामा परेका छन् । २०७३ असाेज ४ गते पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) ले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ वर्ष जेल सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएकाे थियाे । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK