×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नविना लामासहितको समूहले माग्यो सर्वेन्द्र खनालको राजीनामा

PRIME CA

नविना लामासहितको समूहले माग्यो सर्वेन्द्र खनालको राजीनामा

१८ आश्विन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – विद्यार्थी संगठनहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग गरेका छन् । सत्तारुढ दल नेकपाको भातृ संगठन अनेरास्ववियू र अखिल क्रान्तिकारीले एसिड काण्ड र बलात्कार काण्डमा प्रहरी नै चुकेको भन्दै प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरेका हुन् ।
नविना लामासहिबिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनालको राजीनामा माग गरेका हुन् । विद्यार्थी संगठनले बुझाएको ६ बुँदे मागपत्रमा आईजीपी खनाललाई तुरुन्त बर्खास्त गर्न भनिएको छ ।
उनीहरुले कार्यबाहक प्रधानमन्त्रीसंग समेत यसबारेमा लिखित ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले पछिल्लो समय देशभर घटेका घटनाहरुमा प्रहरी नेतृत्व असफल भएको भन्दै प्रहरी महानिरीक्षकलाई अविलम्ब बर्खास्त गर्न माग गरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: