
काठमाडौं – जगदम्बा समूहमा आवद्ध उत्साही उद्यमीहरुले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि–कास्ट निर्माण सामग्री बजारमा ल्याएका छन् ।
सीमेन्ट, स्टिील्स्, लगायत विभिन्न निर्माण सामग्रीहरुको उत्पादन तथा बिक्री–बितरणको लामो अनुभव संगालेको जगदम्बा समूहका उद्योगीहरुले जगदम्बा कंक्रिटो नामक उद्योगबाट ब्लक, ब्रिक, पेभर, को साथसाथै अन्य प्रि–कास्ट बस्तुहरु फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको उत्पादन थालेका छन् ।
यस कंम्पनीकेो मुख्य उद्देश्य उपभोक्ताहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको वस्तुहरु प्रदान गर्नु रहेको छ । त्यसैले यस उद्योगद्धारा उत्पादीत निर्माण सामाग्रीको प्रयोगले निर्माण लगानिमा १० देखि ७५ प्रतिसत सम्म बचत हुने कम्पनिले जनाएको छ ।
परम्परागत रुपमा उत्पादन, हुने निर्माण सामग्री भन्दा निकै टिकाउ हुने आकारमा एकरुपता भएको, उच्च गुणस्तरयुक्त विभिन्न प्रकारआकारमा एकरुप्कता भएको, आकर्षक , प्रदुषण कम गर्ने उर्वर जमिनको खति नहुने, लागत कम लाग्ने जस्ता विभिन्न विशषताले भरीएका यस किसिमका उत्पादनहरु निर्माणका हरेक संरचनाहरुलाई अति उपयोगि हुने कंम्पनीले जनाएको छ ।
घर, हाउजिङ्ग, अपाट्रमेन्ट, सपिङ्गकम्पेक्स, होटल, बाटो, राजमार्ग, पार्क आदि जस्ता संरचनालाई आवश्यक हुने ईटा, ब्लक, पेभर, कर्भस्टोन, स्ल्याव आदि वस्तुहरुको प्रयोगले निर्माणको फिनसिङ्गमा गुणस्तरीयता तथा आधुनिक्ता पाउने कुरामा कंम्पनी विश्वस्थ रहेकोछ ।
साथै यस्ता बस्तुहरु विभिन्न गौरवमय आयोजनाहरुमा समेत प्रयोग गर्दा समय तथा खर्चको बचत हुने देखिन्छ । कंम्पनीको अनुसार यस उद्योगद्धारा उत्पादीत विभिन्न वस्तुहरुको प्रयोग गरेको खण्डमा निर्मित संरचनाहरु आकर्षक देखीनुका साथै दृर्घकालीन रुपमा दिगो समेत हुने देखिन्छ ।
कंम्पनीका अनुसार उपभोक्ताको सुविधालाई मध्ये नजर गर्दै ग्राहक सेवा नंम्वर ९८०१२३७३३६ नंम्वर २४ घण्टा उपलब्ध हुनुका साथै इन्जिनियरीङ्ग कन्र्सलटेन्सी सर्भिस लगायत आवश्यक्ता अनुसार क्रेनको सुविधा पनि उपलब्ध गराउननु सकिने कुरा कंम्पनीले आफ्नो विज्ञप्तीमा जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्