×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक विकासमा जनता बैंकको सहभागिता, बैंकले गर्यो केन्द्रीय बहिरा क्याम्पसलाई नगद तथा कम्प्युटर हस्तान्तरण

PRIME CA

सामाजिक विकासमा जनता बैंकको सहभागिता, बैंकले गर्यो केन्द्रीय बहिरा क्याम्पसलाई नगद तथा कम्प्युटर हस्तान्तरण

५ आश्विन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – जनता बैंकले केन्द्रीय बहिरा क्याम्पसलाई नगद तथा कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको नक्सालमा रहेको केन्द्रीय बहिरा क्याम्पसलाई ५ लाख रुपैयाँ एवम् पाँच थान आई ५ ल्यापटप, एउटा डेस्कटप कम्प्युटर र एउटा प्रोजेक्टर प्रदान गरेको हो । 
बिहीवार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पसका प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् । बैंकले विगत ३ वर्षदेखि उक्त क्याम्पसलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
बैंकले हाल देशभर १ सय २३ शाखा, ४० शाखारहित बैङ्किङ, दुई सीमित्त बैङ्किङ एकाइ, दुई एक्सटेन्शन काउण्टर तथा ७१ एटीएम काउण्टरमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: