×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संसदमा गृहमन्त्रीले सत्य बाेलेकै हुन् त ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

संसदमा गृहमन्त्रीले सत्य बाेलेकै हुन् त ?

Artha Sarokar

२९ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सरकारको ६ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।
संसदको शुक्रबारको बैठकमा कांग्रेस सांसद सञ्जय गौतमले सरकारको ६ महिना लाजमर्दो कालखण्ड भएन र भन्ने प्रश्न गरेका थिए । तर, गृहमन्त्री बादलले त्यसको खण्डन गरे ।
शान्ति सुरक्षा र अपराध नियन्त्रणका हिसाबले ६ महिने कार्यकाल राम्रो भएको दाबी गरे । उनले भने, ‘सरकारको निश्कर्ष छ महिनाको कालखण्डमा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण छ महिनामा सबैभन्दा राम्रो भएको छ ।’
गुण्डागर्दी निस्तेज, तस्करका सञ्जाल ध्वस्त पार्ने, भ्रष्टाचारीलाई कारबाही गर्ने काम भएको भन्दै गृहमन्त्री बादलले भने, ‘यो ६ महिनामा जति हत्या, बलात्कारका घटना भएका छन्, यो भन्दा अगाडिका कार्यकालमा बढी भएको छ ।’
यद्पी गृहमन्त्रीले भनेजस्तै भएकाे भने देखिंदैन । पछिल्लाेसमय घरेलु हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनानुदिन बढीरहेकाे पछिल्लाे घटनाक्रमले देखाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी