×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णु धितालद्वारा एनसीसी बैंकको सञ्चालक पदबाट राजीनामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंकका अध्यक्ष विष्णु धितालद्वारा एनसीसी बैंकको सञ्चालक पदबाट राजीनामा !

Artha Sarokar

२२ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तत्कालीन एपेक्स बैंक घोटाला प्रकरणका आरोपित बिष्णु धितालले एनसीसी बैंकबाट राजीनामा दिएका छन् । तत्कालीन एपेक्स डेभलोपमेन्ट बैंक एनसीसीमा मर्ज भएपछि उनी एनसीसीका समेत सञ्चालक रहेका थिए । हेरौं उनले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जारी गरेको प्रेस बिज्ञप्ति:   
आदरणीय पत्रकार साथीहरु 
जीवनको फरक र तीतो अनुभव लिएर आज तपाईंहरु समक्ष आएको छु । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब रुपैयाँ बैंकिङ कसुर प्रकरण अहिलेसम्मकै ठूलो घटना भन्दै प्रचार गरियो । यस विषयमा धेरथोर तपाईंहरुलाई थाहा नै होला । तर सत्य बाहिर ल्याउनुभन्दा पनि एकोहोरो ममाथि प्रहार भएको देख्दा निकै दुःख लागेको छ । आज तपाईंहरुले थाहा नपाउनुभएको वा नखोज्नुभएको तथ्य लिएर उपस्थित भएको छु । आज म तपाईहरु माझ उप्त प्रकरण बारेको सत्यतथ्य प्रस्टाउन चाहन्छु ।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक प्रकरणमा एपेक्स बैंकका सञ्चालकदेखि व्यवस्थापन र तल्लो तहका कर्मचारीसम्मको संलग्नता रहेको भन्दै बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल, ऋणी काठमाण्डौं भ्यु टावर निर्माण कम्पनीका ठेकेदार मनोज भेटवाल, बैंक सञ्चालक तथा कर्मचारीसहित २१ जनालाई पक्राउ गरियो । तर पछि अनुसन्धानका क्रममा अनियमितता भएको प्रमाण जुट्न नसकेपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दियो । अदालतको अदेशपछि पक्राउ परेकाहरु धरौटीमा रिहा भए । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष हाल एनसिसि बैंकका सञ्चालक म (विष्णुप्रसाद धिताल) लाई सुनियोजित रुपमा फसाइएँ । म र मेरो टिमलाई राज्यले अन्याय गर्यो । एपेक्स डेभलपमेन्ट बैकमा सम्पति घोटला भयो भन्दै राष्ट्र बैकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई आग्रह गर्यो । 
त्यसपछि सीआइबीले पक्राउ गरी चार महिनासम्म हिरासतमा राखी अनुसन्धान गर्यो र अनुसन्धानकै क्रममा अदातलमा पनि पु¥याइयो । त्यस क्रममा सोधपुछ भयो । घोटला काण्डमा बैकका देशभरका विभिन्न शाखा मार्फत १ सय २८ वटा मुद्धा दर्ता गरिएपनि काठमाडौबाट मात्रै ८० वटा मुद्धा दर्ता भएका थिए । ति मुद्धामध्ये अधिकाँस मुद्धा एपेक्स बैक नबन्दैदेखिका पनि थिए । साविकका रारा विकास बैक,अपि फाइनान्स रोयल मर्चेन्ट बैङिकङ एण्ड फाइनान्स एक आपसमा गाभिएर एपेक्स डेभलपमेन्ट बैक बनाउन तत्कालीन गर्भनर डा युवराज खतिवडाको महत्वपूर्ण भुमिका छ । मर्जर पहिला पनि केही समस्याहरु ति बैक तथा फाइनान्समा थिए । त्यसमा पनि रोयर मर्चेन्ट संकटग्रस्त थियो । पछि सोही समस्या एपेक्स डेभलपमेन्ट बैकमा देखा परेको हो । बैक मर्ज हुनुभन्दा दुई महिना अगाडी तत्कालीन अध्यक्षले अध्यक्ष पद छाडेपछि दुई महिनाको लागी म अफू अध्यक्ष भएको र पछि एनसीसीसँग एपेक्ससहित अन्य तीनवटा सुप्रिम विकास बैक, इन्टरनेशनल डेभलपमेन्ट बैक,इन्फस्टक्चर डेभलपमेन्ट बैक मर्जरमा जाने सहमति भएपछि त्यहि अनुसार अगाडी बढेको हो । मर्जर भएर एपेक्स डेभलपमेन्ट बैक बन्ने क्रमदेखि एपेक्स बैक सहित अन्य बैक एनसीसी बैकमा मर्जर हुने बेलमा पनि राष्ट्र बैकको प्रत्यक्ष निगरानी र निर्देशन थियो । 
अझ राष्ट्र बैकले आफ्नै कर्मचारी खटाएर समस्याग्रस्त एपेक्स बैकको वित्तय अवस्था सुधार गर्ने काम गरेको थियो । एनसीसी बैकमा पनि राष्ट्र बैककै व्यावस्थापनमा सञ्चालित थियो । राष्ट्र बैकले वित्तिय अवस्था बुझेर निर्देशन जारी गरेपछि सोहि बमोजिम तत्कालीन एपेक्स बैकको साधारण सभाले अन्य धितो रकम उठन बाँकी रहेको भन्दै प्रति शेयर एक सय रुपैयाँलाई ४८ रुपैयाँमात्रै पाउन सकिने निणर्य सुनाएको थियो र सेयरधनीहरुले त्यसमा स्वीकृति जनाएपछि मर्जर गरिएको थियो । कतिपय एनसीसीको विवादलाई पनि एपेक्सको विवाद हो भन्ने ढंगले प्रस्तुत गरियो । एपेक्स बैकमा सामान्य विवाद छ भन्ने पहिले देखिनै नियामक निकाय राष्ट्रबँैक लगायतलाई जानकारी रहँदारहँदै पनि मर्ज भएको दुईबर्षपछि राष्ट्र बैकको क्षेत्राधिकार कारवाही गर्ने, स्पष्टीकरण सोध्ने, तपाईले लगानी गरेको पैसा किन उठेन भनेर सोध्ने अधिकार हुँदा हुँदै पनि सिधै केन्द्रीय अनुसन्धान व्युरो सिआइबीमा फाइल पठाएर हामीलाई सञ्चालक समितिको बैठक बसिरहेकै स्थानबाट आतंककारी शैलीमा पक्राउ गरियो । ३ ्र४ अर्ब नै घोटाल भएको छ विष्णु धितालले नै खाएको छ भन्ने नियत राखेर हल्ला फिजाइयो । बैकको मुल धन सावा मैले हस्ताक्षर गरेको सञ्चालक समितिले स्वीकृत गरेको ५७ लाख मात्रै उठ्न बाँकि रहको कुरा आदालतबाट पनि स्पष्ट भइसकेको छ । त्यहि ५७ लाख रकम मध्येबाट केही रकम म धरौटी राखेर निस्किएँ ऋणीहरु र जमानी बसेकाहरुको धिताबाट असुुल उपर गर्न पाउने अवस्था हुँदाहुँदै पनि हामीलाई फसाउने काम गरियो । मलाई राज्यबाट ठुलो अन्याय भयो । 
मलाई अनुसन्धान गर्ने क्रममा तीन तीन महिनासम्म विभिन्न ठाउँमा पु¥याइयो । त्यतिले मात्रै पनि पुगेन सुर्खेतमा बैकले पहिलानै लगानी गरेको जसमा मेरोे हस्ताक्षर छैन त्यसमा पनि अध्यक्षको लगानी छ अनुसन्धान गर्नुपर्छ व्यावस्थापनले अधिकार दिएको ४० लाख सम्मको कारोबार गर्ने हो । जहाँ अध्यक्षको कुनै संलग्नतानै छैन त्यसमा पनि मलाई एक महिना दुख दिने काम भयो । तर केही नदेखिएपछि म त्यहाँबाट निस्किएँ । मलाई विभिन्न दुख दिएपनि अदालतमा गल्ती गरेको प्रमाणित हुन नसकेपछि म निस्किएँ । बैक र फाइनान्स मर्ज हुँदा उनीहरुले गर्ने कारोबारको प्रक्रिया र शैलि नमिल्दा कागजत मिलेन ब्याज नियमित तिर्दा तिर्दै पनि नविकरण हुन सकेन र घोटला भयो भनेर प्रचार गर्ने काम गरिएको हो । फाइनन्स,विकास बैक र कमर्सियल बैक मर्जर गर्दा भेडा भेडा बथानमा मिल्छन्न्,बाख्रा,बाख्रा बथानमा मिल्छन् तर बाख्रा र भेडाको बथान नमिले जस्तो भयो र यस्तो समस्या आएको हो । डेढ अर्ब धितोमा अझै ५०÷६० करोड उठ्न बाँकि होला । 
त्यसमा सबै धितोहरु छन् कुनै आफन्तलाई दिइएको छैन । कुनै ऋणी सँग फाइदा लिएर ऋण दिइएको छैन । बैङकिङ प्रक्रिया मै ऋण दिइएको छ । त्यसपछि केहि पुराना ६०÷६२सालमा दिएका लोनहरु अहिले आएर विष्णु धितालका पालामा देखाइयो । जब की म २०७२ भदौमा अध्यक्ष भए मंसिरमा राष्ट्र बैककै सदस्य समेत रहेको बैकसँग मर्जर गर्ने सम्झौता भएको छ राष्ट्र बैककै कर्मचारी बैकमा बसेर अनुगमन मुल्याङकन गरिरहेका छन् । यस्तो अवस्थामा पनि मलाई नियोजित रुपमा फसाउने काम गरियो ।

मैले कहीं कतै ऋण दिएवापत २ रुपैयाँ लिएको भए त्यो प्रमाणित गर्न म सम्बन्धित पक्षलाई चुनौती दिन चाहान्छु ।
राष्ट्र बैक र राज्यले जुन व्यवहार गर्यो त्यो अन्यायपूर्ण हो । मुद्धाको फैसला हुन त बाँकि नै छ केही कुरा त अदालतबाट देखि सकेको छ । तर जसरी सूर्यलाई हत्केलाले छेकेर छेकिँदैन त्यसरी नै सत्य कुरा सत्यनै हो । मैले जुन ३०÷४० बर्ष त्याग तपस्या गरेँ । पञ्चायतका विरुद्ध लाग्दा ४२ सालमै जेल बसे । ४६ सालमै जेल बसेको मान्छे हो ।काँग्रेस पार्टीको विभिन्न तह र तप्काबाट काम गर्दै आए तर मैले अहिले सम्म कुनै लाभ लिएको छैन । ४६ सालमा नेविसंघमा रहेर काम गरेँ तरुण दलमा पनि केन्द्रीय सदस्य रहेर काम गरँे । पार्टीको क्षेत्रिय सभापति भएर अनवरत रुपमा जेल नेल सहँदै पञ्चायतकाल राजाको प्रतिगमनकालसँग लड्दै लोकतन्त्र सम्म आइपुग्दा मलाई पुर्वाग्रही ढंगले आफ्नो उद्यम गर्ने मान्छेलाई सफा टेम्पोमा लगानी गरेर थोरै थोरै पैसा जम्मा गरेर बैकमा लगानी गरेर यहाँ आएको मान्छेलाई एपेक्स बैकको तत्कालिन सञ्चालक समितिका अध्यक्ष राजीनामा दिइसकेपछि तपाई बस्नुपर्छ भनेर सबैले आग्रह गरेपछि म मर्जमा जाने सम्झौता हुनु अघि २ महिना र मर्जर सम्झौता भए पछि १ बर्ष जति अध्यक्ष बने । 
मैले अन्य बैक सँग पनि मर्जर गर्न सक्थेँ अन्य सँग कुरा पनि भइरहेको थियो । तर राष्ट्र बैककै टिमले तपाई एनसीसीमा आउनु पर्छ भने र मर्जरमा गएको हो तर राष्ट्र बैक आफैले मर्ज गराएर आफैले कारवाही गरेर दुख दिएको छ तीन चार महिना सम्म पीडा दियो । राष्ट्र बैककै अधिनमा रहेको यो बैकलाई राष्ट्र बैकले कारवाही गर्न सक्थ्यो । मलाई बोर्ड अफ डाइरेक्टरबाट हटाउन सक्थ्यो ५ लाख जरिवाना माग्न सक्थ्यो स्पष्टीकारण माग्न सक्थ्यो । मलाई स्पष्टीकारणको एउटा मौका पनि दिइएन । राज्यले भ्रष्टचारी, हत्याराहरुलाई छुट दिइरहेको छ । तर हामीजस्ता सोझालाई झुटा आरोपमा आतंककारीजस्तो गरेर बोर्डको मिटिङ बसिरहेको बेला समातियो र अनुसन्धानको नाममा चार महिनासम्म यातना दिइयो । काँग्रेसजनलाई पनि बद्नाम गराउने उदेश्यले मेरो पनि छविलाई सिद्धायाउने नियतले मिडीयाबाजी गर्ने काम भयो । तर मेरो वास्तविक कुरा न कुनै मिडीयामा आयो न कुनै मिडियाले जान्ने कोसिस गर्यो । सत्य तथ्य बुझ्न कोहि आएन । 
एकपक्षीय ढंगबाट समाचार प्रकाशन गर्ने काम भयो । मलाई मिडियामा आफ्नो कुरा राख्ने मौका पनि दिइएन । त्यो मौका नदिई मलाई अनुसान्धानको घेरामा राख्ने काम भयो । त्यो मौका दिएको भए सत्यतथ्य त्यो बेला पनि बाहिर आउने थियो । यहाँ व्याक्तिलाई खराब गराउने नेपाली काँग्रेसभित्र खराब मान्छे छन् भन्ने देखाउन मेरो चरित्र हत्या गराउने काम भएको छ । राज्यले यस्तो गर्छ भनेर मैले कल्पना पनि गरेको थिइन । किन भने लोकतन्त्रमा अन्याय हुँदैन भन्ने सोचेको थिए । तर मलाई चार महिना दुःख दिइयो । अनुसन्धानको नाममा मलाई अत्यन्त पिडा दिईएको छ । म के भन्न चाहान्छु भने, बैक भनेको लगानी गर्ने ठाउँ नै हो । 
लगानी गर्दा कतिपय कमजोरी हुन सक्छन् । यदि लगानी सहि थिएन भने त राष्ट्र बैकले त्यतिनै बेला कारबाही गर्न सक्थ्यो । किन अर्को बैकमा लगेर मर्ज गर्नुपथ्र्यो र ? बैक खराब भएको भए तत्कालै खारेज गर्न सकिन्थ्यो । मर्ज गरीसकेपछाडीको सबै दोषजति मेरै थाप्लामा आयो । एनसीसीमा भएको झगडामा पनि मलाई देखाइयो । एनसीसीमा पुरानो खराब कर्जाहरु पनि थियो । एपेक्स बैकमा पनि खराबी थियो भने राष्ट्र बैकले मर्ज गर्ने स्वीकृती किन दियो ? एनसीसी आफैले लिइसकेपछि आफैले मर्ज गराएर कारवाही गराउनु कति न्याय संगत हो । एनसीसीमा के छ एपेक्समा के छ भन्ने कुरा त मुद्धाहरुले प्रस्ट देखाएको छ । मलाई पुरपक्षमा राखेर १० बर्ष जेल हाल्नुपर्छ भन्ने षड्यन्त्र पनि गरिएको थियो । किन ने मलाई अर्बौको घोटालाको आरोप लागेको थियो । तर मैले दिएको रकम कति भन्ने त सबैलाई थाहा छ ,त्यो पनि लोन दिएको हो । अहिले एनसीसी भित्र ६०÷६५ अरब डिपोजीट छ ५४÷५५ करोड लोन छ । त्यस्तो ६०÷ ६५ लाखले के गथ्र्यो होला र मलाई कारवाही गर्नुपर्यो । मलाई त्यसमा दःुख छ मलाई सिधै बद्नाम गराउने षड्यन्त्र भयो । 
म अन्यायका विरुद्ध आगमी दिनमा पनि लडीरहने छु । राज्य भित्रपनि केहि व्याक्तिहरु मेरा पछाडी लागे केही व्याक्ति मेरो चरित्र हत्या गर्न लागे । म माथि रिस पोख्ने काम भयो । म यहाँ कसैलाई रिसइबी त साँध्न चाहान्न, तर म आफ्नो काम गर्ने मान्छे हो । गिरिजा प्रसाद कोइरालाले भने जस्तै म आफ्नै काममा अँगाडी बढ्ने हो पछाडी फर्केर हेर्दिन । मलाई जसले जे देखे त्यो गरे,े म उनीहरुलाई पनि केहि भन्न चाहान्न । मेरो कसैसँग दुश्मनी थिएन । मैले कसैको विगार्न गएको थिइन । सँस्थागत काम गरेको थिएँ, सँस्थागत निर्णय गरेको थिए । मैले जे गर्छु भनेर सोच बनाएको थिएँ ममा जुन आत्मबल थियो त्यसमा कुठाराघात गर्ने दुश्प्रयास भयो । तर म कति पनि विचलित छैन । अझ सशक्त रुपमा आफ्नो अभियानलाई राजनीतिक मिसनलाई करियरलाई अगाडी वढाउन चाहान्छु । 
मलाई योजनाबद्ध हिसावले मुद्धा हालियो अरुले गरेको गल्तीको पनि भिक्टिम मलाई नै बनाइयो । मेरो गल्ती प्रमाणित गराउन पियन भन्दा माथिकालाई पनि पक्राउ गर्ने काम भएको छ । फाइल तयार गर्ने मान्छेको लोनमा के भूमिका हुन्छ र ?तर सबैलाई पक्राउ गर्ने काम भयो । यो ठुुलो अन्याय हो हामी माथिको । हामीलाई देखाएर अन्य बैकहरुलाई तर्साउने काम भएको छ । नाङलो ठटाएर हात्ति तर्साउन खोजिएको छ । यो राष्ट्र बैकका समेत केहि स्वार्थ केन्द्रित व्यक्तिहरुको डिजाइनमा भएको हो । गभर्नर परिवर्तन गर्न राष्ट्र बैकका केही कर्मचारीहरुको मिलेमतोमा हामीलाई भिक्टिम बनाएर अरुलाई तर्साउन खोजियो । तर पाप धुरीबाट एकदिन पक्कै कराउँछ । केही व्यक्ति मेरा पछि लागेर मलाई सक्याउन खोजेका छन् तर म निर्दोष छु । मलाई जसले अपराधी बनाउन खोजेको छ ति अपराधी हुन् । जसले जति जालसाझी गरेपनि सत्य आखिर एउटै हुन्छ र म सत्यको जीतको पर्खाइमा छु । र त्यो दिन धेरै टाढा छैन भन्ने विश्वास समेत व्यक्त गर्दछु ।
साथै आजकै मितिबाट एनसीसी बैंकबाट संचालकको पदमा नरहने गरी राजीनामाको समेत घोषणा गर्दछु !
धन्यवाद !
विष्णु धिताल
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी