काठमाडौं – गरिमा विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बुधबार दुर्इ संस्थाबीच भएकाे एक कार्यक्रममा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र एभरेष्ट इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गाैतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
अब गरिमा विकास बैंक लिमिटेडका सबै शाखाबाट एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा पाइने भएको छ ।यस सेवा अन्तर्गत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।