Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रिय वाणिज्य बैंकको एटीएम संखुवासभाको चैनपुरमा, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न. ६ चैनपुर बजारमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको एटीएम मेसीनको शुभारम्भ गरिएको छ । यो समेत बैंकको एटीएम मेसीनको संख्या १३६ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त एटीएम मेसिनको समुद्घाटन गरे ।
सो समारोहमा बोल्दै श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए । 
बैंकका ब्रान्च अपरेशन विभागका उपप्रमुख राज्यलक्ष्मी खड्गीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा बैंकका निमित्त विभागीय प्रमुखसंजयकुमार श्रेष्ठ, चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्य, राजनीतिकदलका प्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा चैनपुर शाखाका प्रवन्धकसुरेश मण्डलले स्वागत मन्तब्य व्यक्त गरेका थिए । 
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३६ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेकोे छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK