- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १८% बोनस सेयर दिने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीबाट १८% बोनस र कर तिर्न ०.९५% नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले जारी गरिएको नोटिस अनुसार बोनसमा २४ करोड ८१ लाख ५० हजार ८०० रुपैयाँ र कर तिर्न नगद लाभांश १ करोड ३० लाख ६० हजार ५६८ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।
यो लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भएपछि र बैङ्कको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।