×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो छ’ : उर्जामन्त्री रायमाझी (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो छ’ : उर्जामन्त्री रायमाझी (भिडियो रिपोर्ट)

Artha Sarokar

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ । अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरु कायमै रहेको बताउनुभएको हो । त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । 
एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । परिवर्तित समाजमा माक्र्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी