
- रोहन शर्मा
आज बिहान एक आर्थीक दैनिकमा सेयर बजारका एक चल्तीका बिज्ञ महोदयको लेख पढ्दा छाँग बाट खसेको भान भयो। झन् त्यो लेखको पछी दौडिएर “क्या बात” “वाह वाह” भन्दै दौडने जमात देखेर दया लागेर आयो। समग्रमा लेखमा चरम निराशा र एक किसिमको डिप्रेसन झल्कन्थ्यो। लेख पढ्दा यस्तो अनुभुती हुन्थ्यो कि लेखक बाहेक अरु कसैले सेयर बजार बुझेकै छैनन्। उनिनै सर्बोपरी, बजारका एक मात्र ज्ञाता हुन्, उनि बाहेक बजार सम्बद्द अरु सबै भेंडा हुन्।
सुख-दुख, दिन-रात, उज्यालो-अँध्यारो,राम्रो नराम्रो
भनेजस्तै हरेक कुराका दुईवटा पाटाहरु हुन्छन्, जो दुई मद्धे एक पाटो भुलेर दायाँबायाँं नहेरी एकोहोरो अर्को पाटोको मात्र पछी लाग्छ बस्ताबमा उ चाहिं हो “भेंडो”। लेखमा पुँजी बजारको ठुलो जमातले मानेका केहि ब्याक्तित्वहरुलाई ईंगित गरेर नराम्रा कुराहरु बाहेक केहि लेखिएको पाईएन। जसलाई जसलाई ईंगित गरियो उनिहरुले केहि न केहि राम्रो त गरेका होलान् नि? बजारको लागी केहि न केहि सकारात्मक काम त गरेका होलान् नि? त्यो पाटोलाई खर्लप्प कालो कपडाले ढाकेर आफै छुट्टै नयाँ पाटो खडा गरेर त्यसैलाई मलजल गर्ने काम गरे लेखकले।
☆ बोनस र हकप्रदको करको बिषयलाई लिएर उनिहरुले आन्दोलन गरे जुन आन्दोलनबाट सरकार समेत पछी हट्न बाध्य भयो । के यसमा उनिहरुको ब्याक्तिगत स्वार्थ मात्र थियो ?
☆ ब्रोकर कमिसान घट्नु पर्छ भनेर बिगतमा जसले आवाज उठाए, के सेयर बजारमा उनिहरुको मात्र लगानी छ त ?
☆ बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ, पुँजी बजारलाई देशब्यापी बनाउनु पर्छ भनेर अभियान चलाएर हिंड्नेहरुको के आ-आफ्नो बैंक भएरनै हो त ?
☆ सामाजिक संजाल मार्फत जसले लगानिकर्तामाझ आफ्नो बिचारहरु , सेयर सम्बन्धी शिक्षा नि:शुल्क बाँड्दै आएका छन् , के अब उसले यो काम बन्द गरी पुतलिसडकमा ट्रेनिङ दिने दुकान थापेर बस्नु पर्ने हो ? कि कुनै मिडियामा आवद्द भएर रु. ५००/- को खाम बुझेर मात्र लेख लेख्नुपर्ने हो?
☆ कसैले बजारको बिषयमा सकारात्मक सोच बनाउनै नपाउने, गोल्डन ईरा सुरु भएको छ, परीस्थीति सुध्रँदै गएको खण्डा सेयर बजारले नयाँ उचाई पनि लिन सक्छ भन्न नपाउँने ? खतमै हुन्छ ,सबै सकिन्छ ,सेयर बजारको भबिश्य छैन भन्दै हिंड्नु पर्ने?
☆ लगानीकर्ताको हक हितको लागी खुलेका सँस्थाले बजारको बिषयलाई लिएर कुनै गतिबिधी गर्नै नहुने? गरिएका गतिबिधी सामाजिक सँजाल मार्फत सार्वजनिक गर्नै नपाउने?
अन्त्यमा,
आवेशमा आएर लेख्दा केहि समयको लागी एउटा जमातले वाह वाह त गर्ला, तर गलत बिषयलाई बुझ पचाएर वाह वाह गर्ने जमात तपाईंको आफ्नो जमात हुनै सक्दैन। भोली तपाईंले राम्रो कुरा गर्न थाल्नुभयो भने उसले तपाईंलाई छाडेर जान्छ। याद गर्नुहोस् बाहिर PLISTIC SMILE हाँसेको मान्छेले भित्र भित्रै तपाईंलाई गिज्याई रहेको हुन्छ ।
पछिल्लो समय सामाजिक सँजालका प्रदुशित गतिबिधीले गर्दा धेरै राम्रा, बजार बुझेका, सकारात्मक सोच भएका ब्याक्तीहरु अहिले मौन बसेको पाएको छुँ। उहाँहरुलाई एउटै कुरा भन्न चाहन्छु यहाँहरुको सकारात्मक बिचारहरुको खाँचो हिजो पनि थियो, आज पनि छ र भोली पनि रहनेछ, “लटरम्म फल लागेको बृक्षमानै झटारो हानिन्छ, उजाड बृक्षमा झटारो हानिएको देख्नु भएको छ र ?”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्