×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री ओलीले संविधानविपरीत काम गरेको भन्दै ५ हजार जरिवाना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्री ओलीले संविधानविपरीत काम गरेको भन्दै ५ हजार जरिवाना

Artha Sarokar

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री केपी ओली र उनका सुरक्षाकर्मीले संविधानविपरीत काम गरेको भन्दै प्रदेश २ का सांसदले उनीहरूलाई पाँचपाँच हजार रुपैयाँं जरिवाना तिराउनुपर्ने माग गरेका छन्।
प्रधानमन्त्री ओलीले प्रदेश २ को संसद्लाई सम्बोधन गरेकै दिनदेखि उनीहरूले यस्तो माग गर्दै आएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रदेश संसद् सम्बोधनको समयमा शनिबार प्रधानमन्त्री ओलीका साथमा गएका सैनिकले पनि संविधानको अवमूल्यन गरेको हुँदा उनीहरूलाई पनि जरिवाना हुनुपर्ने प्रदेश २ का राजपा सांसदको भनाइ छ। प्रधानमन्त्री ओलीले सैनिकसहित प्रदेश संसद्को रोस्ट्रममा सम्बोधन गरेका थिए।
संसदीय अभ्यासअनुसार संसद् बैठक कक्षमा प्रधानमन्त्रीका सुरक्षाकर्मी जान पाइँदैन। संसद्का लागि छुट्टै सुरक्षाकर्मीको व्यवस्था हुन्छ, जसलाई ‘मर्यादा पालक’का रूपमा विशेषाधिकारसहित राखिएको हुन्छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी