- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ई-सेवाले कर्मचारीको माग गरेको छ । कम्पनीले १७ स्थानका लागि २६५ जना कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौँडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना कर्मचारीको माग गरेको हो । योग्य आवेदकले १० दिन भित्र आफ्नो बायोडाटा मेल गर्न कम्पनीले आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्नेछन् । घरमै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीले जनाएको छ ।