×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘इमान’ चढाउने विषयमा विवाद, दुई राउण्ड अश्रु ग्यास प्रहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘इमान’ चढाउने विषयमा विवाद, दुई राउण्ड अश्रु ग्यास प्रहार

६ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी – महोत्तरीको लोहारपट्टिमा इद मनाउने क्रममा झडप हुँदा १० जना घाइते भएका छन् ।
बुधबार बिहान लोहारपट्टि नगरपालिका वडा नम्बर ३ मा पर्ने मदरसामा नवाज पढ्नको लागि जम्मा भएको समयमा भएको झडपमा परि १० जना घाइते भएका हुन् । झपडमा परिणत हुँदा नवाज पढन गएका ४ महिला, ५ पुरुष र १ जना वालिका गम्भीर घाइते भएका छन ।
यसभन्दा अगाडि मंगलबार त्यो मदरसामा मौलवी (धर्मगुरु) राख्ने विषयमा स्थानीय बीचमा सहमति भएको थियो । तर बुधबार बिहान त्यसै विषयलाई लिएर एक समूहले अवरोध गर्दा विवाद शुरु भएको स्थानीयहरुले बताएका छन ।
स्थानिय राजपा र नेपाली कांग्रेसका पक्षधरले आ–आफना तर्फबाट त्यो मदरसामा मौलवी राख्ने विषयमा लामो समयदेखि विवाद कायम रहेको थियो ।
घाइतेहरुको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि जनकपुर अञ्चल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोली पुगेर घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खडकाले जानकारी दिनुभयो ।
अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक शिव खत्री नेतृत्वको टोलीले नवाज पढाउने कार्य जारी रहेको छ ।
अवस्था तनावग्रस्त भएपछि प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रहरीले विवाद मिलाउन सम्झाईबुझाई गर्दा पनि नमानेकाले दुई राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको बताएको छ । अहिले स्थिति सामान्य बन्न लागेको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी