×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार, फागुन महिनामा मात्रै ३४ करोड बढीको कारोबार भएको तथ्यांक सार्वजनिक

PRIME CA

बढ्यो क्यूआर कोडमार्फत हुने कारोबार, फागुन महिनामा मात्रै ३४ करोड बढीको कारोबार भएको तथ्यांक सार्वजनिक

१ बैशाख २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । पछिल्लो सयमा क्यूआर कोडमार्फत हुने कारोबार बढ्दै गइरहेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्यामा वृद्धि भएको हो । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड बढीको कारोबार भएको छ । 
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख बढीको कारोबार भएको छ । राष्ट्र बैंकका अन्सुअर गत माघमा एक अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो ।
यस्तै गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा छ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ । पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ । गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत रु १० अर्ब बढीको कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: