
काठमाडौँ – बजार अनुगमनको विरोधमा उत्रने तरकारी व्यापारीको दर्ता खारेज गर्ने तयारी सरकारले गरेको छ । बजार अनुगमनको विरोध गर्दै व्यापारी हड्तालमा उत्रिए नियमअनुसार त्यस्ता व्यापारीको दर्ता नै खारेज गर्ने तयारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको हो ।
सरकारसँगको सम्झौताविपरीत उपभोक्ता ठग्ने, अनुगमनको विरोध गर्ने तथा बन्दमा उत्रने तरकारी व्यापारीलाई दर्ता खारेजीसम्मको कारबाही हुने मन्त्रालयका सहचसचिव नवराज ढकालले बताए ।
सोमबार बिहान कालिमाटी तरकारी बजार अनुगमन पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीलाई नै व्यापारीले नियन्त्रणमा लिएका थिए । उनीहरूले सरकारी कर्मचारीलाई नै नियन्त्रणमा लिएका थिए ।
किसानसँग किनेको र उपभोक्तालाई बेच्न तोकिएको मूल्य तथा बिलबिजक लगायत अनुगमन गर्न विभागको टोली कालिमाटी तरकारी बजार पुगेको थियो । कर्मचारीलाई बाहिर निस्किन नदिई गेट लगाएर व्यापारीहरूले अवरोध गरेका थिए ।
व्यवसायी र अनुगमन टोलीबीच विवाद भएपछि आपूर्तिमन्त्री मातृका यादव, सचिव चन्द्र घिमिरे र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालिमाटी बजार पुगेको थियो ।
घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति जारी गरी जनताको भान्सासम्म पुग्ने तरकारीको सिन्डिकेट अन्त्य गर्न सरकार कडाइका साथ लागेको बताएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्